• ११ असोज २०८१, शुक्रबार

गलतलाई भोट हालेर देश बिग्रियो : अध्यक्ष लिङदेन

blog

प्रेम अधिकारी

पशुपतिनगर(इलाम), भदौ ३० गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गलत नेतालाई भोट हालेर देश बिगार्ने काम जनताले नै गरिरहेको बताउनुभएको छ । बिहीबार इलाममा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

नेताले मात्र देश बिगारेको नभई नेतालाई भोट हाल्ने जनता पनि दोषी रहेको उहाँले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो ‘नेतालाई मात्र चोर भनेर हुन्छ ? यो काम बिगार्न तपाईँहरूको पनि सहयोग गरिरहनुभएको छ ।’ 

परम्परागत रूपमा पुर्खाले जुन पार्टीलाई भोट हाल्न लगाएका थिए, युवा पुस्ताले पनि त्यही दललाई भोट दिएर देश नबनेको उहाँको टिप्पणी छ । ठूला दलबाटै बढी भ्रष्टाचार हुनेगरेकाले देशको विकास नभएको उहाँले आरोप लगाउनुभयो ।