• १३ साउन २०८१, आइतबार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनी

blog

काठमाडौँ, भदौ २८ गते । मिथिला येँ आर्ट ग्यालरी ठमेलमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनी चलिरहेको छ। गिरिजाप्रसाद कोइराला फाउन्डेसन, कला तथा संस्कृति विभागद्वारा आयोजित यस अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनीमा नेपाल भारत, फ्रान्स र बङ्गलादेशका १९ जना कलाकारका सिर्जना राखिएका छन्। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ रमेश खनालले प्रदर्शनीमार्फत नेपाली कलालाई अन्तर्राष्ट्रियस्तरसम्मै जोड्न विशेष सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। 

उहाँले नेपाली कलाकारको सिर्जनाको व्यवसायीकरण कम भएको उल्लेख गर्दै सरकारी तथा निजी घर, भवनमा नेपाली कला राख्ने प्रवृत्तिको विकास भए मात्र कला र कलाक्षेत्रको उत्थान हुने बताउनुभयो। त्यसैगरी वरिष्ठ कलाकार राधेश्याम मुर्मीले कलासँग देशकै पहिचान जोडिएको हुन्छ भन्नुहुँदै राज्यले कला क्षेत्रको विकासमा सहयोग गर्नुपर्ने बताउनुभयो। 

जीपी कोइराला फाउन्डेसन, आर्ट एन्ड कल्चरका संयोजक श्यामसुन्दर यादवले फाउन्डेसनले विश्वभरकै कलाकार र उहाँहरूको सिर्जनालाई कला पारखी, दर्शकमाझ पु-याउन पुलको काम गरेको बताउनुभयो। विभिन्न देशका धार्मिक, प्राकृतिक तथा जीवनशैलीसँग सम्बन्धित चित्रकलाको प्रदर्शनी पाँच दिनसम्म चल्ने आयोजकले जनाएको छ।