• १३ साउन २०८१, आइतबार

चामलको बिल बनाएर चिनी तस्करी

blog

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको चामलको बिलमा चिनी बोके ट्रक र बरामद समान । तस्बिर सौजन्यस् सशस्त्र प्रहरी

लुम्बिनी, भदौ २४ गते । बिलमा चामल देखाएर चिनीको ढुवानी गरेको अवस्थामा रुपन्देहीमा दुुईवटा ट्रक सहित ठुला मात्रामा चिनी बरामद गरेको छ । भारतबाट अवैध रूपमा भित्राएर नवलपरासीमा गोदाम गरी दाङतर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले रुपन्देहीबाट चिनी र चामल बरामद गरेको हो । उक्त समानको दुई वटा ट्रकसहित एक करोड ३८ लाख पाँच सय मुल्याङकन् गरिएको छ । 

ना ४ ख ४१२९ नम्बरको ट्रकबाट ६ सय ३८ बोरा चिनी र ना ३ ख ६३२५ नम्बरको ट्रकबाट एक सय बोरा चामल बरामद भएको हो ।  ६ सय ३८ बोरा चिनी लोड गरिएको ट्रकमा बिल भने चामलको रहेको थियो । उक्त ट्रक लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना स्थित हुलाकी सडक खण्डतर्फ जाँदै गर्दा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठले जानकारी दिनुभयो । ट्रकका चालक प्युठानको माण्डबी गाउँपालिका–३, नयाँ गाउँ बस्ने २४ वर्षीय विनोद थापालाई पनि नियन्त्रणमा लिएको छ । 

यस्तै ओमसतिया गाउँपालिका –४, बसन्तपुरस्थित हुलाकी सडक खण्डमा पूर्वबाट भैरहवातर्फ आउँदै गरेको ना ३ ख ६३२५ नम्बरको ट्रकलाई नियन्त्रणमा लिइएको थियो । चालक भने फरार छन् । लुम्बिनीबाट नियन्त्रणमा लिएको ट्रक, चिनी र चालकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाएको छ । यस्तै, चामलसहित नियन्त्रणमा लिएको ट्रकलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । 

यस्तै नेपाल प्रहरीले पनि जिल्लाका विभिन्न ठाउँबाट अवैध चिनी र कपडासहित मिनी ट्रक, पिक अप र मोटरसाइकल बरामद गरेको छ । प्रहरीले २६ लाख ६५ हजार ७५० रुपैयाँ बराबरको सामान बरामद गरेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । 

Author

श्याम शङ्कर पाण्डे