• १२ साउन २०८१, शनिबार

मुगुमा धार्मिक मेला सुरु

blog

गुरादेवतासँग आफ्नो भविष्य भाग्यबारे धामीसँग हेराउनेको घुइँचो । तस्बिर : हरिकृष्ण ऐडी

मुगु, भदौ २१ गते । मुगुमा गुरादेव, विजयगुरादेव लगायतका धार्मिक मेलाहरू सोमबारदेखि सुरु भएका छन् । ऐतिहासिक धार्मिक महत्त्व राख्ने मेलाहरू कोरोनाका कारण अघिल्ला दुई वर्ष हुन सकेका थिएनन् । यस पटक मेला सुरु भएपछि  जिल्लाका गाउँ बस्तीमा  चहलपहल सुरु भएको छ।

जिल्लाको छायाँनाथ रारा नगरपालिका, सोरूँ गाउँपालिका र खत्याड गाउँपालिकामा भदौ १९ गते नवमीका दिनबाट भदौ पुर्णिामा सम्म गुरादेव , विजय गुराको परम्परागत धामी  धार्मिक मेलाहरू सुरु भएका हुन् । धार्मिक आस्थाका जानकारका अनुसार भदौ नवमीका दिनबाट औपचारिक रूपमा मेला सुरु हुन्छन् ।

धार्मिक अगुवा तथा गुरुदेवताका धामी जुन बहादुर ऐडीका अनुसार जिल्लाका छायाँनाथ रारा नगरपालिका, सोरूँ गाउँपालिका र खत्याड गाउँपालिकामा औपचारिक रूपमा मेलाहरू सुरु भएका छन् । गुरादेवता सहितका देवताका पूजाआजा सुरुवात गरिएको बताउनुभयो । यस क्षेत्रमा गुरा, सुमईजु, विजयगुरा, कालागुरा, हटीनाथ, कङ्काल्या, केशिनाथ, कालनाथ, लाटो सुमईजु सहितका दर्जनौँ देउताको पूजाआजा हुने गर्छ उहाँले भन्नुभयो। 

देवताका पुजारी (खाबा) का अनुसार यहाँका समुदायको देवताले सुख दु :खमा साथ दिने जनविश्वास भएकाले  हरेक गाउँमा हिन्दुधर्म मान्यको घरमा कुलदेवताको  पूजा गर्ने चलन छ । विभिन्न तिथिमा विभिन्न देवताको पूजा गरिदै आउने चलनले यतिवेला मुगुका धार्मिक स्थानमा मानिसहरूको भिड लाग्न सुरु भएको छ । 

धार्मिक आस्थाअनुसार मन्दिर तथा थान बनाएर पूजा गर्ने, मन्दिरलाई नयाँ ध्वजापताले सजाउने काम गरिन्छ । पुजाको दिनमा स्थानीयले रातभरि देउडा खेली  परिकारहरू मनाउने चलन रहेको सोरूँ गाउँपालिका -५ निवासी तथा बिजयगुरा  देवताका पुजारी दानबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार भदौ  पूर्णिमासम्म विभिन्न पूजाआजा हुने गर्छन् । 

पीडित पक्षले न्यायका लागि गुरादेवता सँग  भाकल माग  गरेमा गुरादेवताले  न्याय दिलाउने जनविश्वासले यहाँका  परम्परागत सहित विभिन्न धार्मिक सभ्यताको न्याय दिने  देवता मानिन्छ । यसलाई पर्यटकीय महत्त्वको बारेमा अझै विकास गर्न सकिएको छैन ।  यो समयमा  मेला हेर्नलाई जिल्लाका विभिन बस्ती बाट आन्तरिक पर्यटक मेला हेर्न दर्जनौँ भक्तजन आउने गरेका छन् स्थानीय अमरबहादुर कार्कीले भन्नुभयो।

Author

हरिकृष्ण ऐडी