• ११ असोज २०८१, शुक्रबार

पूर्वाञ्चल क्यान्सर अस्पतालमा पेट सिटी स्क्यान सुरु

blog

काठमाडौँ, भदौ १७ गते । पूर्वाञ्चल क्यान्सर अस्पतालले पेट सिटी स्क्यान सेवा सुरु गरेको छ । काठमाडौँ उपत्यका बाहिर पहिलो पटक सो सेवा पूर्वाञ्चल क्यान्सर अस्पतालले सुरु गरेको हो । ५१ वर्षीया मुखको क्यान्सरबाट पीडित बिरामीको परीक्षण गरी सो सेवा सुरु गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा वीरेन्द्र यादवले जानकारी दिनुभयो । 

पहिलो  दिन नौ जना बिरामीले उक्त सेवा लिएका छन् । अस्पतालले आगामी दिनमा दैनिक १० देखी १५ जना बिरामीलाई यो सेवा दिने गरी तयारी गरेको जानकारी दिनुभयो । क्यान्सरको फैलावट र अवस्था पत्ता लगाउन पेट सिटी स्क्यान अनिवार्य रहेको अस्पतालका न्युक्लीयर मेडिसिन विभागका प्रमुख डा रितेश उपाध्यायले बताउनुभयो । ‘‘क्यान्सर कुन अवस्थामा छ, कहाँकहाँ फैलिएको छ, औषधी उपचारले कति असर गरेको छ भन्ने कुरा थाहा पाउन पेट सिटी स्क्यान अनिवार्य चाहिन्छ ।’ उहाँले भन्नुभयो, ‘यो प्रविधि विना क्यान्सर उपचार प्रविधि अपुरो रहन्छ । 

पूर्वाञ्चलले २ वर्ष अघि पेट स्क्यान मेसिन जडान गरे तापनि त्यसमा प्रयोग हुने आइस टप सम्बन्धी कानुनी व्यवस्था नहुँदा सेवा सञ्चालनमा ढिला भएको डा यादवले बताउनुभयो । ‘पूर्वाञ्चलले पेटी सिटी मेसिन दुई वर्ष अघि नै ल्याएर सेवा सुरु गर्ने तयारी गरेको थियो ।’ डा यादवले भन्नुभयो, ‘रेडियो धनी सम्बन्धी कानुन नहुँदा त्यसमा प्रयोग हुने आइस टप ल्याउन समस्या भएर ढिलो भयो ।’ सरकारले रेडियो धार्नी सम्बन्धी कानुन बनाएसँगै अस्पतालको अनुगमन गरी लाइसेन्स दिएपछि सेवा सुरु गरेको उहाँले जानकारी दिनुभयो । 

अस्पतालले एक जना बिरामीको एक पटकको पेट सिटी स्क्यान गर्न ६० हजार रुपैयाँ तोकेको छ । तर सुरुका दुई महिनालाई भने १५ हजार डिस्काउन्ट गरी ४५ हजारमा दिने मेडिकल डाइरेक्टर डा यादवले बताउनुभयो । पेट सिटी स्क्यानको लागि प्रयोग हुने आइस टप भारतको कलकत्ताबाट हवाई जहाज मार्फत बागडुगरा हुँदै १ घण्टा अस्पतालमा आइपुग्ने हुँदा क्वालिटी पनि राम्रो हुने डा यादवले जानकारी दिनुभयो । ‘हामीलाई भारतको बागडुगुरामा भएको एयर पोटको कारणले गर्दा आइस टप छोटो समयमा ल्याउन सहज छ ।’ उहाँले भन्नुभयो ‘आइस टप बनाइएको जति छोटो समयमा प्रयोग गर्न सक्यो त्यतीनै किफायती र प्रभावकारी हुन्छ ।’

अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले अव क्यान्सरका बिरामीले पेट सिटी स्क्यान गर्न भारत जानु नपर्ने बताउनुभयो । ‘भारतका अस्पतालले लिने शुल्क मानै हामी दैनिक यही यो सेवा उपलब्ध गराउँछौ ।’ उहाँले भन्नुभयो ‘अव पेट सिटी गर्नकै लागि भारत जानुपर्ने बाध्यता हटेको छ ।’ 

पूर्वाञ्चल क्यान्सर अस्पताल पेट स्क्यान सुरु गर्ने पहिलो क्यान्सर अस्पताल भएको छ । यस अधि काठमाडौँमा कुण्डलिनी र सौर्य डायग्नोसिस सेन्टरमा पेट सिटी स्क्यान सेवा हप्तामा एक दिन दिँदै आएका छन् ।

नेपालमा पेटसिटि सेवा नियमित नहुँदा महिनामा ४ देखी ५ सय बिरामी यो सेवा लिन भारत लगायत विदेश जाने गरेको चिकित्सकहरूले बताउँदै आएका छन् । भातमा यो सेवा प्रति बिरामी भारु ४० हजार सम्म लिने गरेका छन् ।