विराटनगर, भदौ १५ गते । प्रदेश नं १ को प्रदेशसभाको १०औँ बैठक तथा बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुने भएको छ ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले गत साउन २२ गतेदेखि स्थगन भएको प्रदेशसभाको बैठक भदौ १७ गते शुक्रबार दिउँसो १ बजेका लागि तय भएको जानकारी दिनुभयो ।
लामो समयदेखि स्थगन भएपछि प्रदेशसभामा पेस हुने प्रदेश नामकरण प्रस्ताव अन्योलमा छ । बैठक प्रारम्भमै सो प्रस्ताव आउन सक्ने बताइएको छ ।