• ८ कात्तिक २०८१, बिहिबार

स्वर्णान्तरालले मनायो ६८ औं वार्षिकोत्सव

blog

श्री स्वर्णान्तराल आधारभूत विद्यालयले ६८ औं वार्षिकोत्सवमा सहभागीहरू । तस्बिर : नवराज ढुंगाना

  गोरखापत्र अनलाइन 

टोक्सेल (ओखलढुंगा), भदौ १४ गते । ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका वडा ७ टोक्सेलमा रहेको श्री स्वर्णान्तराल आधारभूत विद्यालयले ६८ औं वार्षिकोत्सव मनाएको छ । 

यस जिल्लाको दक्षिणी भेगमा स्थापना भएको यो सबैभन्दा पुरानो विद्यालय मानिन्छ । वि.सं. २०११ भदौ ११ गते स्थापना भएको यस विद्यालयबाट हजारौं विद्यार्थीले शिक्षा आर्जन गरेका छन् । 


यस विद्यालयमा अध्ययन गरेका विद्यार्थी राज्यको कानुन निर्माता, प्रशासन, राजनीति, शिक्षा, स्वास्थ्य, वाणिज्य, निजामती, सुरक्षा निकाय, पत्रकारिता, व्यापार व्यवसाय, सेवा क्षेत्रका महत्वपूर्ण पदमा पुगे पनि विद्यालयको अवस्थामा भने खासै ठूलो परिर्वतन आएको छैन । 


यस विद्यालयको स्थापनामा ऐतिहासिक योगदान पुराउने अग्रजहरू स्तुत्यका पात्र छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी ढुंगानाका अनुसार, यस विद्यालयको स्थापनादेखि हालसम्म १८ जना विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नेतृत्व गर्नुभएको छ भने ११ जना शिक्षकले विद्यालयको प्रधानाध्यापक भएर सेवा गरिसक्नु भएको छ । 


भदौ ११ गते आयोजित ६८ औं वार्षिकोत्सवमा अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, सदस्य तथा विद्यालयका पूर्व प्रधानाध्यापकहरूलाई सम्मानित गरिएको छ । 


उहाँहरुलाई मानेभन्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दलीले कदरपत्रसहित सम्मानित गर्नुभएको जानकारी विद्यालयका प्रधानाध्यापक नवराज ढुंगानाले दिनुभयो । यस विद्यालयमा हाल कक्षा १ देखि ८ सम्म पढाइ हुने गरेको छ ।