• ११ असोज २०८१, शुक्रबार

श्रीमानको छुरा प्रहारबाट श्रीमतीको मृत्यु

blog

साङ्केतिक तस्बिर

लिला झापाली
विर्तामोड, भदौ ११ गते  ।
झापा गाउँपालिका–६ चन्द्रबस्तीमा श्रीमानको छुरा प्रहारबाट श्रीमतीको घटनास्थलमै ज्यान गएको छ ।

शुक्रबार राति ४६ वर्षीय नाइके हस्ताले ४० वर्षीया श्रीमती तालामई हस्तालाई छुरा प्रहार गरेका हुन् । श्रीमानको छुरा प्रहारबाट श्रीमती तालामईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक तालामईको मुटुमम छुरा घोपेको पाइएको छ । श्रीमतीको हत्यापछि श्रीमान नाईके हाल छुरा लिएर फरार रहेका छन् भने प्रहरीले उनको खोजी गरिरहेको छ ।

श्रीमान श्रीमती दुबैजना मजदुरी गर्दै आएका थिए । उनीहरुको एक छोरा छन् भने उनी अहिले वैदेशिक रोजगारीमा छन् ।