अतिशयोक्ति नमान्ने हो भने प्रदीप गिरी मानव समुदायको त्यो एउटा बिन्दु हो, जहाँ पुगेपछि मनुष्य–विषयक कुनै पनि प्रश्न बाँकी रहन्न । मलाई सधैँ लागिरह्यो– बिहान होस् कि साँझ, जतिखेरै भेटिए पनि शारीरिक रूपका प्रदीप गिरी एउटै हो तर पनि उहाँसँगको भेटमा मलाई सधैँ नयाँ मान्छे भेटिएको आभास हुन्थ्यो । यस्तो किन लाग्थ्यो भने उहाँले जब जीवन वा अन्य जुनसुकै विषयमा बोल्नुहुन्थ्यो, सधैँ नयाँ लाग्थ्यो । अर्थात् विचारका रूपमा उहाँ सधैँ नयाँ हुनुहुन्थ्यो ।
एक दिन साँझ कुरैकुरामा मलाई एउटा प्रश्न गर्नुभयो, “भौकाजीजी, आफ्नो घरको कौसीमा गएर कहिल्यै आकाशतिर हेर्नुभएको छ ?” आश्चर्यलाग्दो प्रश्नबाट म अकमकिएँ । उहाँले तत्काल मेरो अकमकाइको ख्याल गर्दै भन्नुभयो, “भनिन त आकाशमा नौलाख तारा भनिन्छ । शायद गन्न नसकिने भएकैले एकमुष्ठ भनिएर गन्नै नपर्ने गरिएको होला तर तपाईंलाई थाहा छ, यहाँबाट देखिएका ती तारा कति ठूला छन् ? एउटै तारा पनि हामी बसेको यो पृथ्वीभन्दा हजारौँ–लाखौँ गुना ठूलो छ ।”
उहाँले मलाई यी ताराको विश्लेषण किन गर्नुभएको होला ? सोच्न भ्याउँदा नभ्याउँदै मप्रति नै लक्षित गर्दै फेरि सोध्नुभयो, “यति ठूला यी ताराको तुलनामा तपाईंको अस्तित्व कति छ पृथ्वीमा ?” म के भन्न सक्थेँ ! मौन, उहाँका आँखामा नियाल्नुबाहेक मसँग विकल्प नै के थियो र ! उहाँले तत्काल थप्नुभयो, “अनि केको हतारो हो तपाईंलाई ? किन दौडिरहनुभएको तपाईं ? जीवनमा कति–के नै गर्न सक्नुहुन्छ र तपाईंले ? तपाईंले गर्नुभएको कामको अस्तित्व कति हुन्छ यहाँ ?” मैले बुझिसकेको थिएँ, आफ्नो काम छिट्टै सकिहाल्ने मेरो चरित्रप्रति उहाँले कटाक्ष गर्नुभएको थियो ।
उहाँसँगको भेटमा मलाई सधैँ नयाँ मान्छे भेटिएको आभास हुन्थ्यो । यस्तो किन लाग्थ्यो भने उहाँले जब जीवन वा अन्य जुनसुकै विषयमा बोल्नुहुन्थ्यो, सधैँ नयाँ लाग्थ्यो । अर्थात् विचारका रूपमा उहाँ सधैँ नयाँ हुनुहुन्थ्यो ।
प्रदीपदाइसँगको लामो सङ्गतबाट मैले उहाँलाई कति चिन्न सकेँ, कति बुझ्न सकेँ, सायद उहाँलाई धेरै बुझेको छु भन्ने मभित्र भ्रम पनि होला तर यति भन्न सक्छु– उहाँलाई बढी बुझ्न सक्ने अवसर भने पक्कै गुमाएको छु । बराबर भन्नुहुन्थ्यो, “तपाईं सामुन्ने सर्प आएर तपाईंलाई डस्न खोज्यो भने बल लगाउने होइन, बुद्धि पनि होइन, विवेक प्रयोग गर्नोस् !”
मान्छेलाई बाँच्न सिकाउने उहाँसँग कला थियो । के थिएन उहाँसँग ! सबथोक थियो । ठोकुवाका साथ भन्न सक्छु– मान्छेमा हुने लोभ–लालचको प्रवृत्ति भने थिएन । देख्दा अव्यावहारिक लाग्ने उहाँको दिनचर्यालाई नियाल्ने जोकसैले उहाँभित्र रहेको वास्तविक व्यावहारिकतालाई बुझ्न सक्थ्यो । आफ्नो नजिककालाई उहाँ ‘तँ’को प्रेमिल सम्बोधन गर्नुहुन्थ्यो । एउटा घटना भनूँ !
अलि अघिकै कुरो हो । एक दिन, दाइको कतै बाहिर जाने कार्यक्रम थियो । गाडीको चालकले दाइको सामु आएर पेट्रोल सकिएको जानकारी दियो । “तैँले हिजो हालेको होइनस् ?” दाइले कडाइका साथ सोध्नुभयो । “सकिइहाल्यो नि अङ्कल !” चालक बोले । “कति हालेको थिइस् ?” दाइले सोध्नुभएपछि उसले सानो स्वरमा भन्यो, “पाँच लिटर ।” दाइले बडो कडाइका साथ भन्नुभयो, “तँ झूट बोल्छस् ? मलाई थाहा छैन र हिजो म गाडीमा कति गुडेँ ?” उहाँले हिजो आफू गएको ठाउँ र बाटोको पूरै लिखत सुनाउँदै भन्नुभयो, “बढीमा दुई लिटर पेट्रोल खर्च भएको छ ।”
पछिल्लो समय उपचारका क्रममा नयाँदिल्लीबाट मलाई सम्पर्क गर्नुभयो र ‘जुम’मार्फत एउटा कविता कार्यक्रम गर्ने आफ्नो इच्छा व्यक्त गर्नुभयो । डा. सन्दर्भ गिरीको संयोजकत्वमा बङ्गलादेश र भारतका समेत केही कविहरूद्वारा भाग लिइएको उक्त कविगोष्ठीमा उहाँले समीक्षात्मक टिप्पणी गर्ने उहाँको चाहना थियो ।
विचरा चालक ! लाचार अनुहार लाएर त्यत्तिकै उभिइरह्यो । फेरि उहाँले चालकलाई आफूनजिक बोलाउनुभयो र शान्त लवजमा भन्नुभयो, “सुन् ! यसमा तेरो केही दोष छैन । तँ विवाहित मान्छे । मलाई थाहा छ, मैले महिनावारी दिने गरेको तलबले तेरी स्वास्नी र तेरा तीन जना बच्चालाई खान पनि पुग्दैन । त्यसैले तैँले चोरी गर्नैपर्छ । म तँलाई नचोर भन्दिनँ तर इमानदार चोर बन् ! चोर्दा मलाई बताएर मात्रै चोर !”
प्रदीपदाइको बोल्ने तरिका सर्वथा छुट्टै किसिमको थियो । उहाँको सामुन्ने एक त जोकोही हत्पती टिकिरहनै सक्दैनथ्यो, टिकिहाले पनि उहाँको कुरागराइबाट प्रभावित नभई रहनै सक्तैनथ्यो । भनिन्थ्यो, “कुनै निश्चित विचार लिएर गएको मान्छेको विचार बदल्न उहाँलाई कुनै आइतबार पर्खन पर्दैनथ्यो । कसैको ‘माइन्ड वास’ गर्ने उहाँसँग अभूतपूर्व क्षमता थियो ।” भनिन्थ्यो– काँग्रेसलाई कम्युनिस्ट र कम्युनिस्टलाई काँग्रेस बनाइदिन सक्नुहुन्थ्यो । हामी उहाँका नजिक बस्नेहरू वातचित पनि गर्ने गथ्र्यौं– दाइले लोग्नेमान्छेलाई आइमाईमान्छे वा आइमाईमान्छेलाई लोग्नेमान्छे मात्रै बनाउन सक्नुहुन्न । उहाँका कुरा सुनेर मान्छे रन्थनिँदै हिँडेका मैले स्वयं आफ्नै आँखाले देखेको छु ।
माक्र्सवाद विषयक उहाँ मात्रै एक्ला त्यस्ता व्यक्ति हुनुहुन्थ्यो, जसको व्याख्या गर्ने क्षमताको छेउछाउ पुग्न सक्ने व्यक्ति अर्का कोही थिएनन्÷छैनन् । माक्र्सवाद सम्बन्धित कुनै घटना, मिति वा त्यसमाथिका विश्लेषणहरूका बारे उहाँ कुनै ‘हार्डडिस्क’ हुनुहुन्थ्यो । आँखा चिम्लेर माक्र्सवादी किताबका पृष्ठ र हरफहरू बताउन सक्नुहुन्थ्यो ।आफ्नो काम बनाउन बेला न कुबेला भेट्न आउनेहरूसँग उहाँ सबैभन्दा ‘परेसान’ हुनुहुन्थ्यो । खास गरेर आफूलाई काँग्रेस हुँ भनेर उहाँका नजिक पर्न खोज्ने महानुभाव र उहाँलाई टेलिभिजन–अन्तर्वार्ताका लागि समय लिन आउने टीभी पत्रकार वा आफ्नो अखबारमा विद्रोही लेख लेखाइमाग्न आउने प्रतिष्ठित कहलिएका स्वयं सम्पादकबाट उहाँ टाढै बस्न रुचाउनुहुन्थ्यो । स्मरणीय छ, उहाँका लेखहरू प्रायः यो पङ्क्तिकारलगायत कहिलेकाहीँ अन्य सहयोगीबाट लेखिन्थे ।
कविताको अत्यन्तै प्रेमी हुनुहुन्थ्यो प्रदीपदाइ । मेरै आग्रहमा मैले सम्पादन गर्ने ‘शारदा’को एउटा अङ्कमा उहाँले एउटा विचारोत्तेजक लेख ‘टाक्सिएको आधुनिक कविता’ लेख्नुभएको छ । बराबर, तपाईंले कविता लेखिरहनुपर्छ भनेर मलाई प्रेरित गरिरहनुहुन्थ्यो । पछि त यस्तोसम्म भयो कि आफूले लेखेको कविताको पहिलो ड्राफ्ट उहाँलाई नै नसुनाई नहुने रहर र बाध्यता नै भयो मेरो । एउटा गज्जबको बानी के थियो भने उहाँ कविता सुनिसकेपछि आफ्नो समालोचकीय दृष्टिकोण बताउनुहुन्थ्यो । मलाई यसो भन्नमा गौरव छ, कतिपय मैले लेखेका कविताको शीर्षक आफ्नै हातले राखिदिनुभएको छ दाइले । आफ्नो कुरो बढाइचढाइ गरेको ठहरिन्न भने मेरो लागि एउटा गर्वको कुरो भन्न चाहन्छु– मैले लौहपुरुष गणेशमानमाथि लेखेको कविता ‘लौरो’ र ०४६ को जनआन्दोलनमा लेखेको ‘सालिक र सालिक हल्लाउने मान्छे’ उहाँले पटक–पटक कतिका सामुन्ने करिब–करिब कण्ठस्थै सुनाउनुभएको छ ।
पछिल्लो समय उपचारका क्रममा नयाँदिल्लीबाट मलाई सम्पर्क गर्नुभयो र ‘जुम’मार्फत एउटा कविता कार्यक्रम गर्ने आफ्नो इच्छा व्यक्त गर्नुभयो । डा. सन्दर्भ गिरीको संयोजकत्वमा बङ्गलादेश र भारतका समेत केही कविहरूद्वारा भाग लिइएको उक्त कविगोष्ठीमा उहाँले समीक्षात्मक टिप्पणी गर्ने उहाँको चाहना थियो तर कार्यक्रमको अन्त्यतिर केही अस्वस्थताको महसुस भएकाले कार्यक्रममा बोल्न असमर्थ भएको जानकारी गराउँदै उहाँले भन्नुभएको थियो, “अहिलेलाई मलाई क्षमा गर्नुहोला । म व्यक्तिगत रूपले तपाईंहरूसँग फोनमै कुरा गर्नेछु ।”
कविताकै प्रसङ्गमा यहाँनेर एउटा महìवपूर्ण साहित्यिक टिपोट गर्न चाहेँ । विश्वेश्वरप्रसाद कोइराको उपन्यास ‘बाबुआमा र छोरा’को रचनागर्भ र त्यसका अलावा त्यो उपन्यासका मूल पात्रबारे उहाँले एक दिन मलाई यस्तो रहस्य सुनाउनुभएको थियो कि म त्यतिबिघ्न आश्चर्यचकित जीवनमा कहिल्यै भएको थिइनँ । अब उहाँको गैरहाजिरीमा त्यो रहस्य सार्वजनिक गर्नुको कुनै अर्थ छैन ।
प्रशासनिक तथा राजनीतिक पदबाट अवकाश भइसकेपछि भनिने ‘पूर्व’ वा ‘भूतपूर्व’को सम्बोधनबाट उहाँ जीवनभर मुक्त रहनुभयो । नियतिले आज साँच्चै उहाँलाई यसरी परिचित गरायो कि मानवचोलामा उहाँ ‘अभूतपूर्व’ हुनुभयो ।