• ८ असार २०८१, शनिबार

लुटपाटमा संलग्न दुई जना पक्राउ

blog

घटनामा आरोपित २ जनालाई सार्वजनिक गर्दै रुपन्देही प्रहरी।

कपिल ज्ञवाली

सिद्धार्थनगर, भदौ ८ गते। रुपन्देहीको बेलहिया बाइपासमा रोडमा साउन २९ गते लुटपाट गरेर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

रोहिणी गाउँपालिका वडा नम्बर १ मा बेलहिया बाइपास सडकमा रहेको न्यू सिद्धार्थ रेष्टुरेण्टमा लुटपाट गरेको र स्थानीय विकास गुरुङ्गमाथि गोली प्रहार गरेको आरोपमा रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ७ महुवारी बस्ने ३२ वर्षीय पवनराज भर र सिद्धार्थनगर नगरपालिका ४ दोगहरा बस्ने २१ वर्षीय मोहम्मद अरसद मुसलमान (काजु) लाई बुधबार प्रहरीले सार्वजनिक गरेको हो। 

रुपन्देही प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मीका अनुसार घटना संलग्न भएका आरोपितलाई बुधबार सार्वजनिक गरिएको हो। प्रहरीले पक्राउ परेका भरबाट ७६ दशमलव एस ७ आरएमओ मेड ईन युएसए लम्बर ७११११ लेखेको अटोमेटिक पेस्तोल बरामद  गरेको छ। यस्तै चोरी भएको मोबाइल फोनसमेत बरामद भएको प्रहरीको भनाइ छ।

पक्राउ परेका दुवै जनामाथि चोरी डकैती, ज्यान मार्ने उद्योग, हातहतियार खरखजना मुद्दा चलाइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिनुभयो। 

पक्राउ परेका मध्ये पवनराज भर यसअघि पनि सार्वजनिक अपराध, लागुऔषध, डाका चोरी सम्बन्धी मुद्दामा जेल सजाय भोगिसकेका व्यक्ति हुन्। जेलबाट ६ महिना अघि निस्केका राजभरको मुख्य योजनामा संगठित अपराध भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।