• १३ साउन २०८१, आइतबार

रञ्जिता श्रेष्ठद्वारा उम्मेदवारी घोषणा

blog

उम्मेदवारी घोषणा गर्नुहुँदै रञ्जिता श्रेष्ठ चौधरी । तस्बिर : गङ्गा चौधरी

अविनाश चौधरी

धनगढी, भदौ ८ गते । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् निलम्बित साँसद् रेशम चौधरीका पत्नी रञ्जिता श्रेष्ठ चौधरीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बुधबार उम्मेदवारी घोषणा गर्नुभएको छ ।  उहाँले सासु ससुराको आशीर्वाद लिएर जगतपुरस्थित आफ्नो गृहबाट सङ्घीय सा‌‌सद् पद्का लागि उम्मेदवारी घोषणा गर्नुभएको हो । चौधरीले कैलाली क्षेत्र १ बाट चुनाव लड्ने जनाउनु भएको छ । अध्यक्ष चौधरीलाई उहाँका सासु ससुराले फूलमाला लगाएर जितका लागि आशीर्वाद प्रदान गर्नुभयो । 

२०७४ को निर्वाचनमा रेशमले सोही क्षेत्रबाटै अत्यधिक मतकासाथ प्रतिनिधि सभा सदस्यको चुनाव जित्नुभएको थियो । भूमिगत अवस्थाबाटै चुनाव लड्नु भएका उहाँले ३४ हजार ३४१ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकतम् प्रतिद्वन्द्वीको मत १३ हजार ४०६ मात्रै थियो । 

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा क्षेत्र नम्बर १ मा पर्ने टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीले जित हासिल गरेको छ । २०७४ को निर्वाचन र पछिल्लो स्थानीय तह निर्वाचनको मतलाई आधार मान्ने हो भन्ने कैलाली क्षेत्र १ मा नागरिक उन्मुक्ति पार्टी बलियो देखिएको छ । सो पार्टीले जिल्लाको विभिन्न क्षेत्रमा आफ्नो सङ्गठन विस्तार गर्नुका साथै छोटो अवधिमा नै पकड बलियो बनाएको दावी गरेको छ ।