• १८ असार २०८२, बुधबार

काँग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी

blog

काठमाडौँ, असार १८ गते । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बुधबार पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा विभिन्न १३ वटा एजेण्डाहरुमा छलफल भइरहेको छ ।

पार्टीका भ्रातृ सङ्गठनहरुको अधिवेशन, १०० दिने पार्टीको अभियान, विदेशस्थित सम्पर्क मञ्च, सरकार र संघ र प्रदेश सरकारले ल्याएको बजेटको समीक्षा, सामाजिक, राजनीतिक विषयवस्तुहरुमा समीक्षा भइरहेको छ । केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।