• ११ असोज २०८१, शुक्रबार

मन्त्री कार्कीद्वारा लौकही सभाहलको निरीक्षण

blog

जयकृष्ण यादव 

इनरुवा, भदौ ४ गते । सुनसरीको कोशी गाउँपालिका -१ लौकहीमा निर्माणाधीन सभाहलको सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निरीक्षण गर्नुभएको छ । शनिबार सुनसरीको कार्यक्रममा सहभागी हुन आउनुभएका नेपाल सरकारका प्रवक्ता एवम् मन्त्री कार्कीले लौकही सभाहल निर्माणको चरण र अवस्थाबारेमा जनाकारी लिनुभएको हो । 

लौकहीमा सभाहलबारेमा निरीक्षण गर्नुभएका मन्त्री कार्कीले निरीक्षणका क्रममा कोशी गाउँपालिकाका कार्यवाहक अध्यक्ष अनितादेवी यादव, नेपाली कांग्रेस पार्टीका क्षेत्रीय सचिव जुगेश्वर यादव, नेता सदानन्द मण्डल, अमलेश मेहता सहितसँग जानकारी लिनुभयो । 

मन्त्री कार्कीले झण्डै ३८ करोड रुपियाँ लागतमा निर्माण भएको सभाहलको उदघाटनपछि गाउँपालिकालाई हस्तान्तरण गर्ने बताउनुभयो । यसैबीच सुनसरी सदरमुकाम श्रीकृष्णाजन्माष्टमीको अवसरमा आयोजित कार्यक्रममा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री कार्कीले सामाजिक सदभाव, एकता र भातृत्वका लागि धार्मिक कार्यक्रमले योगादन गरेको बताउनुभयो । विभिन्न जातजाती, धर्म सम्प्रदायका नागरिकहरुबीचमा धार्मिक कार्यक्रमले एकता र सदभाव कायम गर्ने विश्वास व्यक्त गर्नभयो । श्रीकृष्ण जन्मोत्सवको शुभकामना  पनि उहाँले दिनुभयो ।