• १३ मंसिर २०८१, बिहिबार

पाँच वर्षमा प्रदेश सरकारबारे टुङ्गो लाग्छ : महामन्त्री थापा

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ ४ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी ५ वर्षमा प्रदेश सरकार रहने वा नरहने विषय टुङ्गो लाग्ने बताउनुभएको छ । कांग्रेस प्रदेशसभा क्षेत्रीय समितिले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रममा उहाँले त्यस्तो बताउनुभयो । 

प्रदेश सरकार सञ्चालन प्रक्रियामा सफल हुन नसकेको उहाँले बताउनुभयो । प्रदेश सरकार सञ्चालन गर्ने प्रक्रियामा ५ वर्षसम्म संघीय सरकार र प्रदेश सरकार स्वयं पनि चुकेको उहाँको भनाइ छ । संघीय सरकारले प्रदेश किन बनाएको र केका लागि भन्ने कुरा नबुझ्दा नागरिक तहबाट हेर्दा प्रदेशप्रतिको औचित्य नरहेको बताउनुभयो । 

महामन्त्री थापाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारको पालामा ल्याइएको बताउनुभयो ।

महामन्त्री थापाले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन पछि बनेको सरकारले पनि प्रदेश सरकारको औचित्य कामबाट, परिणामबाट स्थापित गर्न नसके प्रदेश नबच्ने उहाँले दाबी गर्नुभयो । अबका ५ वर्ष प्रदेश सरकारका लागि अन्तिम परीक्षा भएकाले काम गर्न नसके प्रदेश सरकार खारेज हुने उहाँले बताउनुभयो । 

महामन्त्री थापाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारको पालामा ल्याइएको बताउनुभयो । नेता नेपालको पालाबाट क्रमशः झलनाथ खनाल, डा.बाबुराम भट्टराई र प्ष्पकमल दाहाल हुँदै अहिले शेरबहादर देउवा नेतृत्वको सरकारमा सम्झौता स्वीकृत भएको उहाँको भनाइ छ ।

कांग्रेस नेता डा. प्रकाशशरण महत परराष्ट्रमन्त्री हुँदा चीनको बीआरआई सम्झौतामा हस्ताक्षर भएको उहाँले बताउनुभयो । एसपीपीले प्रकारान्तरमा नेपाललाई अप्ठ्यारो पार्ने भएकाले खारेज गरिएको उहाँको भनाइ छ ।

महामन्त्री थापाले केही समयअघि मात्रै परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जाँदा चीन नीतिमा प्रतिवद्ध रहेको बताउनुभएको उहाँले स्मरण गर्नुभयो । कांग्रेस एक चीन नीतिमा अडिग रहने उहाँले स्पष्ट पार्नुभयो ।