• १३ साउन २०८१, आइतबार

प्रयोगबिहीन बने स्वास्थ्य उपकरण

blog

माला कर्ण

कल्याणपुर, भदौ ३ गते । सप्तरीको खडक नगरपालिका -७ कल्याणपुरको प्राथमिक स्वास्थ्य केन्द्रमा खरिद गरिएको अल्ट्रासाउण्डसहितको उपकरणहरु प्रयोगविहीन बनेका छन् । खडक नगरपालिकाले सर्वसाधारण नागरिकलाई सहज रुपमा सेवा दिन गत आर्थिक वर्षको बजेटले खरिद गरेको अल्ट्रासाउण्ड मेसिन, एक्सरे, इसीजी मेसिन जनशक्ति अभावको कारण सञ्चालनमा आएको छैन । 

प्रयोगशालामा खरिद गरिएको अत्याधुनिक हेमाटोलोजी एनालाईजर, बायो केमेस्ट्रि एनालाईजर विद्युतको भोल्टेज नपुग्दा सञ्चालन गर्न समस्या भएको त्यहाँ कार्यरत ल्याब टेक्निसिएन विद्यानन्द चौधरीले जानकारी दिनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्र कल्याणपुरमा थ्रीफेज विद्युत उपलब्ध नरहेको, रहेको विद्युतमा पनि भोल्टेज नपुग्ने र छिनछिनमा अवरुद्ध हुने समस्याले प्रयोगशालामा रहेको उपकरणबाट सेवा दिन असहजत भएको चौधरीको भनाइ छ ।  

त्यहाँ चिकित्सक (डाक्टर) को दरबन्दी रहे पनि कार्यरत डाक्टर बिक्रम महतो दुई वर्षदेखि अध्ययन विदामा रहेको र त्यसको विकल्पमा अन्य डाक्टर नहुँदा सेवा प्रवाहमा समस्या रहेको प्रमुख साहले जानकारी दिनुभयो ।