• १३ साउन २०८१, आइतबार

सिगासमा युवायुवती मृत फेला

blog

गोकर्ण दयाल

बैतडी, भदौ ३ गते । बैतडीको सिगास गाउँपालिकामा दुई जना युवायुवती चिउरीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सिगास गाउँपालिका –३, घर भएका २० वर्षीय केशव दमाई र १९ वर्षीय रमतिा विक सिगास गाउँपालिका –५, खयरकोटमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक सुरतबहादुर चन्दका अनुसार दुवै जना चिउरीको रुखको हाँगामा एउटै चुन्नीमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । 

सूचना अधिकारी चन्दले भन्नुभयो, “घटनाबारे प्रहरीलाई बिहीबार राती करिब १० बजे खबर प्राप्त भयो, घटनास्थलमा शुक्रबार बिहानै सिगास गाउँपालिकाको शिवलिङ प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पाटनबाट इन्सपेक्टरको कमाण्डमा प्रहरी खटिनुभएको   छ । घटनास्थल बैतडी सदरमुकामबाट करिब एक दिनको दूरीमा पर्छ ।”

युवायुवती मृत्युको अनुसन्धानका लागि घटनास्थलको मुचुल्का तयार पारी मृतक युवायुवती दुबैको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।