• १६ भदौ २०८१, आइतबार

करण राईको 'द काइट्स' विमाेचन

blog

काठमाडौं, साउन २८ गते । नवगायक करण राईको पहिलो गीत ‘द काइट्स' विमाेचन गरिएकाे छ । प्रमुख अतिथी वरिष्ठ गायक गणेश रसिक, विशेष अतिथिहरु लोकप्रिय गायक राजेश पायल राई, लोकप्रिय अभिनेता दयाहाङ राई, रैथाने सङ्गीतज्ञ झुमा लिम्बू र कवि, गीतकार, निर्देशक तथा कार्यक्रमका सभापति प्रकाश आङ्देम्बेले गायक करणको एल्बम ‘द काइट्स’ एकसाथ एल्बम विमोचन गर्नुभएको हो । 

एल्बम विमोचनपछि करणले २ गीतहरु ‘रानी हो’ र ‘चङ्गा’ लाइभ ब्याण्डसहित गाएका थिए । आफ्नो पहिलो एल्बमको बारेमा बोल्दै करणले भन्नुभयो, ‘सानै उमेरदेखि गाउँथे,ँ आज आएर पहिलो एल्बम उहाँहरु (गणेश रसिक, राजेश पायल राई,  दयाहाङ राई, झुमा लिम्बु) को हातबाट विमोचन गर्न पाउँदा चङ्गा जस्तै आकाशमा उडिरहेको महसुस गरिरहेको छु ।’ 

बाल्यकालदेखि नै गीत सङ्गीतमा चासो राख्ने करण अमेरिकाबाट नेपाल फर्किएर यो एल्बम बजारमा ल्याउनुभएकाे हाे ।

सार्वजनिक भएको ‘द काइट्स’ एल्बममा ९ गीत समावेश छन् । सबै गीतमा करणको स्वर रहेको छ, भने ‘फुलै राम्रो’ डोएट गीतमा गीतमा भने करणलाई गायिका मेलिना राईले साथ दिनुभएको छ । एल्बमका गीतहरुमा क्रमश प्रकाश आङ्देम्बे, डम्बर नेपाली, धरारानी, थुक्तेन डु«क्पा र सपना भुजेलको शब्द रहेको छ भने डम्बर क्रमश देबेश राई, डम्बर नेपाली र महेन्द्र राईको सङ्गीत छ । 

सबै गीतहरुको एरेञ्ज गायक तथा सङ्गीतकार देवेशले नै गर्नुभएको हो ।