• ११ असोज २०८१, शुक्रबार

सप्तकोशीको पानी बस्तीमा पस्दा बेलका नगरपालिका जोखिममा

blog

सप्तकोशीको बाँध फुटेपछि जोखिममा परेको बस्ती । तस्बिर : गोरखापत्र

भाेजराज राई

उदयपुर, साउन १८ गते । सप्तकोशीको पानी बस्तीमा पसेपछि उदयपुरको बेलका नगरपालिका प्राकृतिक विपत्ति परेको छ । वर्षात सुरु भएदेखि उदयपुरतर्फ कटान भइरहेकोमा गएरातीदेखि सप्तकोशीको पानी पसेपछि बेलकामा विपत्ति परेको हो । मुख्यगरी पालिकाको वडा नं. २, ३ र ९ मा असर परेको छ । 

बेलकाको डुम्रिबोटे घाटक्षेत्रमा कटान भई बस्तीमा पानी पसेको हो ।  सप्तकोशीको कटान र धार परिवर्तन रोक्ने स्थानीयको महिनौको प्रयास विफल भएको हो । कोशी किनारमै बसेर कोशी बस्तीमा पस्न नदिने रातदिनको प्रयास गरेका थिए । यतिबेला कटान क्षेत्रको आसपासको बस्ती ठूलो विपित्तमा छ । जनधनको क्षतिको उच्च जोखिम बढेको छ ।

हजारौं घर तथा मानिस विस्थापित बनेका छन् । विस्थापितहरुको ब्यवस्थापनमा स्थानीय प्रशासन र नगरपालिका लागिपरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी उद्धारमा खटिएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सार्ने र खाने, बस्नेको ब्यवस्थापन गर्ने काम भइरहेको नगरपालिका प्रमुख अशोक कार्कीले जानकारी दिनुभयो ।