• ९ जेठ २०८१, बुधबार

महासङ्घको भिजन पेपरसँग सरकारले सम्झौता गर्ने : मन्त्री बडू

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १३ गते । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल उद्योग वाणिज्य महासङ्घको भिजन पेपर २०३० सँग सरकारले सम्झौता गर्ने बताउनुभएको छ । २८ औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्ड एशोसिएशन (नेफा) ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताउनुभएको हो ।

महासङ्घले निकालेको भिजन पेपर, २०३० ले औंल्याएका केही विषयमा सरकारले आगामी हप्ता सम्झौता गर्ने तयारी गरेको उहाँले बताउनुभयो । मन्त्री बडूले नेपालको लजिष्ट्रिक नीति अन्तिम चरणमा पुगेको पनि बताउनुभयो । सरकारले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि नीतिगत क्षेत्रमा समेत निरन्तर काम गरिरहेको बताउनुभयो । 

मन्त्री बडूले मल्टिमोडल ट्रान्सफर यक्टको समयसापेक्ष संशोधन तथा नियमावली तत्काल जारी गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘नेफाले उठाउँदैआएको भारतको बन्दरगाहदेखि वीरगञ्ज सुख्खा बन्दरगाहसम्मको रेल्वे सेवामा निजी क्षेत्रका रेल्वे सेवा प्रदायकलाई अनुमति दिनुपर्ने माग सम्बोधन भएको छ ।’

अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि नीतिगत क्षेत्रमा समेत निरन्तर काम भइरहेको उहाँले बताउनुभयो । नेपालको लजिष्ट्रिक नीतिको मस्यौदा पनि अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ । महासङ्घको भिजन पेपर, २०३० ले औंल्याएका केही विषय मन्त्रालयले आगामी हप्ता सम्झौता गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । 

मल्टिमोडल ट्रान्सफर यक्टको समयसापेक्ष संशोधन तथा नियमावली यथाशीघ्र जारी गरिने उहाँले बताउनुभयो । कार्यक्रममा उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले सरकारले छिटै लजिष्ट्रिक नीति कार्यान्वयनमा ल्याउने बताउनुभयो । उहाँले मन्त्रालयले व्यापार सहजीकरणका लागि अन्य पूर्वाधार निर्माणको कााम पनि गरिरहेको जानकारी दिनुभयो । 

सचिव पोखरेलले चालु आर्थिक वर्षमा उत्पादन बढाएर निर्यात गर्न सरकारले प्रधानमन्त्री नेपाली उत्पादन अभिवृद्धि र फार्म टु फ्याक्ट्री कार्यक्रम  ल्याएकाले कार्गो व्यवसायीलाई प्रत्यक्ष फाइदा पुग्ने बताउनुभयो । सचिव पोखरेलले पूर्वाधारका विषयमा सरकार समीक्षा गर्न तयार रहेको भन्दै तयार भएका पूर्वाधारका पूर्ण प्रयोग गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।