• १३ साउन २०८१, आइतबार

पाल्पाको भुवनपोखरीमा जिप दुर्घटना, तीन जना घाइते

blog

पाल्पा, साउन १२ गते । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीस्थित झिरुबासमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

घाइतेहरूलाई उपचारका लागि तानसेनतर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । भुवनपोखरीको झिरुबासबाट तानसेनतर्फ आइरहेको लु १ ज २१६९ नम्बरको जिप बिहीबार बिहान साढे ८ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

गएरातिदेखि नै पानी परिरहेकाले चिप्लो सडकका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।   


Author

रेखीराम राना