शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
प्रेम अधिकारी
पशुपतिनगर (इलाम), वैशाख १३ गते । कोणधारी सल्लाघारीको बिचमा ढकमक्क फुलेको एन्जेलिया फूलले गुफापाताल सजिएको छ । एन्जेलिया फूल फुल्ने मौसम सुरु भएसँगै गुफापाताल फूलले सजिएको हो ।
नेपाल–भारत सीमाक्षेत्रमा रहेको सूर्योदय नगरपालिका–४, मेचीबजारनजिकै रहेको गुफापातालमा एन्जेलिया फूल फुलेर ढकमक्क भएपछि पर्यटक आकर्षित भएको गुफापाताल पर्यटन समितिका सचिव विजय लावतीले जानकारी दिनुभयो ।
गुफापाताल डाँडामा समितिको पहलमा समितिले सात रोपनी जमिनको क्षेत्रफलमा भ्यु टावरसहितको पार्क र फूलबारी निर्माण गरेको छ । वैशाख पहिलो साताबाट एन्जेलिया फूल फुल्न थालेपछि एक महिनासम्म उक्त फूल रहने गरेको छ ।
नेपालीभन्दा बढी पर्यटक भारतको पश्चिम बङ्गालबाट आउने गरेको समितिले जनाएको छ । उक्त पर्यटकीय स्थल प्रेमिल जोडीका लागि आकर्षक गन्तव्य बनेको छ ।