• १३ चैत २०८२, शुक्रबार

बाघको आक्रमणबाट नवलपुरमा एक जना घाइते

blog

बाघले आक्रमण गरी नवलपुरमा एक जनालाई घाइते । फाइल तस्बिर

बोमलाल गिरी
नवलपुर, चैत १३ गते ।
बाघले आक्रमण गरी नवलपुरमा एक जनालाई घाइते बनाएको छ । बाघले मध्यविन्दु नगरपालिका–१४ दम्फाघेरा बस्ने ३९ वर्षीया पुनिसरा दर्लामीलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आफ्नै घरबाट तीन सय मिटर पूर्वतर्फ रहेको खरवारीमा बाख्रा चराउन गएको बेला अचानाक बाघले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो ।

आक्रमणबाट उहाँको अनुहार र बायाँ हातमा चोट लागेको पण्डितले जानकारी दिनुभयो । दर्लामीको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ ।