• ७ मंसिर २०८१, शुक्रबार

ग्लोबल आईएमईको नाफा २५ प्रतिशतले वृद्धि

blog

काठमाडौँ, साउन ७ गते । ग्लोबल आईएमई बैङ्क लिमिटेडले आव २०७८/७९ मा पाँच अर्ब २० करोड रुपियाँ नाफा आर्जन गरेको छ । बैङ्कले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा २५ प्रतिशतले वृद्धि गरेको बैङ्कद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । 

समीक्षा अवधिमा बैङ्कको कुल सञ्चालन आम्दानी १५.०४ प्रतिशत र सञ्चालन मुनाफा २६.९० प्रतिशतले बढेको छ । गत वर्षको असार मसान्तसम्म बैङ्कको वितरणयोग्य मुनाफा तीन अर्ब १९ करोड ९५ लाख रुपियाँ रहेको छ । बैङ्कको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैङ्कको ईपीएस अघिल्लो आर्थिक वर्षको तुलनामा दुई रुपियाँ ६३ पैसा बढेर २१ रुपियाँ ८८ पैसा पुगेको छ ।