वासुदेब शर्मा
जाजरकोट, चैत ६ गते । जिल्ला अस्पताल जाजरकोटमा तिन महिनादेखि अत्यावश्यक औषधी अभाव भएको छ । सरोकारवालाको लापरबाहीका कारण औषधी अभाव भएपछि उपचार गर्न गएका बिरामीले सास्ती पाउने गरेका छन् ।
नेपालगञ्ज, सुर्खेत, लगायतका सुविधा सम्पन्न अस्पतालबाट पाउने सेवा दिन १५ बाट ५० शय्यामा अस्पतालमा सामान्य तथा जटिल रोगका बिरामीले औषधी नपाएर फर्किनु परेको छ ।
भेरी नगरपालिका वडा नम्बर १३ की शान्ता शर्माले अस्पतालमा उपचारका लागी पुगेपनी औषधी नहुदाँ खाली हात फर्किनु परेको बताउनुभयो । सरोकारवाला निकाय, व्यवस्थापन समितिको लापरबाहीले नागरिक मर्कामा परेको बताउनुभयो ।
भेरी नगरपालिका–४ की रिता शाहले सर्व साधारणलाई सेवा दिन स्तरउन्ती गरेको जाजरकोट अस्पतालमबाट बिरामीले औषधी उपचार नपाउदाँ जिल्ला बाहिर जाने गरेका छन् । श्वासप्रश्वास, मुटु, तथा सामान्य रोगका औषधीको अभाव देखिएको छ । अस्पताल व्यवस्थापन समितिले समयमा औषधीको आपूर्ति नगरेका कारण सेरोप्mलो २५० एमसिजी ट्याइभा १८० एमसिजी ब्रुफेन, कोडोपार, रोजुभास्टाटि १० मिलिग्राम तथा पारासिटामोल इन्जेक्सन लगायतका औषधीको अभाव रहेको छ ।
सात वटा स्थानीय तहअन्तर्गत एक मात्र ५० शय्याको अस्पतालमा उपचारका लागि आउने बिरामीले सेवा नपाएपछि गरिब, दलित, आर्थिक अवस्था कमजोर भएका बिरामी उपचारबाट बञ्चित हुने गरेका छन् । सरकारले निःशुल्क वितरण गर्ने औषधीसमेत निजी पसलबाट बिरामीले किन्नु पर्ने अवस्था छ । अस्पताल प्रशासन, अस्पताल व्यवस्थापन समिति, सरोकारवाला निकायले औषधी आपूर्तिका लागि बेवास्था गरी ढिलासुस्ती गरेका कारण नागरिकले सास्ती पाउने गरेका छन् ।