• २३ फागुन २०८२, शनिबार

दाङको तीनवटै क्षेत्रमा रास्वपा अगाडि

blog

सन्तोष दहित
दाङ, फागुन २३  गते ।
प्रतिनिधि सभा सदस्यका लागि दाङको तीन वाटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोब्बर मत बढीले अग्रता कायम गर्दै आएको छ । सुरुवाती चरणदेखि अग्रता कायम गर्दै आउनुभएको दाङ  निर्वाचन क्षेत्र नं. १ रास्पका उम्मेदवार देवराज पाठकले आफ्नो प्रतिस्पर्धीलाई धेरै पछाडि पार्दै फाराकिलो मतले अगाडि हुनुहुन्छ । पाठकले १८ हजार ३४२ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्र चौधरीले ७ हजार १९३ मतसहित पछ्याइरहनुभएको छ ।

यस्तै, नेकपा (एमाले) का उम्मेदवार रेवतीरमण शर्माले दुई हजार ७५ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार मेटमणी चौधरीले २ हजार ३८ मत पाउनुभएको छ । मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी, दाङ  क्षेत्र नं. २ मा पनि रास्वा भारी मतले अग्रता कायम गर्दै आएको छ ।  पछिल्लो अपडेट अनुसार रास्वपाका विपिन आचार्यले २३ हजार ५२२ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) का महासचिव समेत रहनुभएको शंकर पोखरेल भने दोस्रो स्थानमा हुनुहुहन्छ । उहाँले ८ हजार ७९९ मत पाउदा नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेले ६ हजार ८७७ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्यले चार हजार २९७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, दाङ निर्वाचन क्षेत्र नं. ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कमल सुवेदीले अग्रता कायम राख्नुभएको छ । पछिल्लो मतपरिणाम अनुसार १५ हजार ८९५ मतसहित सुवेदी अग्रस्थानमा रहनुभएको छ । उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले पाँच हजार मतसहित पछ्याइरहनुभएको छ । यस्तै, नेकपा (एमाले) का उम्मेदवार घनश्याम पाण्डेयले चार हजार ११ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर मास्कीले २ हजार ५०४ मत प्राप्त गर्नुभएको छ । मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।