अर्जुन काफ्ले
स्याङ्जा, फागुन २३ गते । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फको निर्वाचनमा स्याङ्जा क्षेत्र नं – १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. धनन्जय रेग्मी विजयी हुनु भएको छ ।
डा. रेग्मीले प्रत्यासी नेपलाी कांग्रेसका भरतराज ढकाललाई १० हजार २१४ मतान्तरले पराजित गर्दै पहिलो पटक संसदीय यात्रा तय गर्नु भएको हो ।
नेपाली कांग्रेसका उम्मेदवार भरत राज ढकालले १८ हजार ८५७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जनाउनुभयो ।
भूवैज्ञानिक र हिमनदी विज्ञ रहनु भएका पुतलीबजार नगरपालिका –५ का डा. रेग्मीका डा. रेग्मी पहिलो पटकमै संसमा पुग्नुभएको हो ।
डा.रेग्मीले सन् २००६ मा जापानको सापोरोस्थित होकाइदियो विश्वविद्यालयबाट ‘माउन्टेन इन्भारोमेन्टल जिओ साइन्स एण्ड जिओलोजिकल’ विषयमा विद्यावारिधि गर्नुभएको थियो ।
नेपाल पर्यटन बोर्डको पूर्व सीइओ समेत बन्नुभएका डा. रेग्मी अहिले तालबाट हाइड्रोपावर उत्पादन गरेर तालको पानी घटाउने नयाँ प्रविधिहरुमा क्रियाशिल रहनुभएको छ ।
यस्तै नेकपा एमालेका उम्मेदवार मिनप्रसाद गुरुङले १६ हजार ८०४ मत प्राप्त गर्दै तेस्रो बन्नुभएको हो ।
यहाँ १२ जना उम्मेदवार रहेकोमा सबैलाई पछाडि पार्दै डा रेग्मीले जित दर्ता गर्नु भएको हो ।
यो क्षेत्रमा पर्ने हरिनास, अर्जुन चौपारी, आँधीखोला, फेदिखोला, पुतलीबजार र भिरकोट–१, २, ३ र ४, वालिङ –३ र ४ का मतदाताले मतदान गरेका थिए । यस क्षेत्रमा दुई हजार ९०८ मत बदर भएको थियो ।
मतदानमा यहाँ एक लाख ३० हजार ८८६ मतदाता रहेकोमा ७० हजार ९४४ मत खसेको थियो ।