शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
वासुदेव शर्मा
जाजरकोट, फगुन २२ गते । जाजरकोटमा प्रतिनिधि सभा सदस्य पदको मत परिणाम आउन थालेको छ ।
शिवालय गाउँपालिकाका सवै वडा जुनीचाँदे गाउँपालिका १,२,३,४,५,६,८,९,११ नम्वर वडाको वडा मतगणना हुदाँ नेपाली कांग्रेसका उम्मेदवार खडकबहादुर बुढाले अग्रता कायम गर्नुभएको छ ।
प्रारम्भिक मत परिणामअनुसार नेपाली काग्रेसका उम्मेदवार खडकबहादुर बुढाले तिन हजार ५७६ मत प्राप्त गरि पहिलो रहनु भएको छ ।
नेकपा एमालेका डम्वरबहादुर सिहले तिन हजार ६ मत प्राप्त गरि दोस्रो स्थान, नेपाली कम्युनिष्ट पाटीका उम्मेदवार शक्तीबहादुर वस्नेतले दुई हजार २६४ मत ल्याएर तेस्रो स्थानमा रहनु भएको छ । रास्वपाका उम्मेदवार राघब कार्कीले ३४३ मत प्राप्त गर्नु भएको छ ।
वडा नम्वर ७ को मत गणना जारी रहेको छ । पाँच वटा स्थानिय तहको मत गणना हुन बाँकी छ ।