बोमलाल गिरी
नवलपुर, फागुन २२ गते । नवलपुरका दुबै निर्वाचन क्षेत्रमा सुरुवाती अग्रता लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्षेत्र नम्बर-२ मा पछि परेको छ । रास्वपाका मनिष खनाललाई नेकपा एमालेका तिलक महतले पछि पार्नुभएको हो ।
पछिल्लो मतपरिणाम अनुसार महतले एक हजार नौ सय ४५ मत प्राप्त गर्दा रास्वपाका खनालले एक हजार सात सय ३० मत प्राप्त गर्नुभएको छ ।
नेपाली कांग्रेसका ओमबहादुर घर्तीले एक हजार पाँच सय ८१ मत प्राप्त गरी तेस्रो स्थानमा रहनुभएको छ । तर क्षेत्र नम्बर-१ मा भने रास्वपाका राजन गौतमले अग्रता फराकिलो बनाउँदै लैजानुभएको छ । पछिल्लो मत परिणाम अनुसार गौतमले ६ हजार १०७ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ ।
त्यस्तै कांग्रेसका बालकृष्ण घिमिरेले एक हजार ८३५ र एमालेका भागिरथ सापकोटाले पाँच सय ८४ मत प्राप्त गर्नुभएको छ । नवलपुरको क्षेत्र नम्बर-१ मा ५२ हजार ९५ मत र २ मा ५१ हजार ६४३ मत खसेको थियो ।