• २२ फागुन २०८२, शुक्रबार

खलङ्गामा सर्वदलिय बैठकको तयारी

blog

मध्यराति मतपेटिका बोकेका गाडिहरु सदरमुकाम खलङ्गा आउँदै । तस्बिरः शंकर केसी

शंकर केसी
सल्यान, फागुन २२ गते ।
शुक्रबार बिहान २ः३० बजेसम्म मतपेटिकाहरु सदरमुकाम खलङ्गा ल्याइपुर्याइएको छ । भौगोलिक विकटता तथा लामो दूरीका कारण जिल्लाका केही भागबाट बिहान २ः३० बजे मात्र मतपेटिका आइपुगेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।

बिहीबार भएको निर्वाचनमा करिव ५१.१ प्रतिशत मतदान भएको प्रारम्भिक विवरण छ । ११७ मतदानस्थलका २०५ मतदान केन्द्रबाट ८२ हजार २०१ जनाले मताधिकार प्रयोग गरेको विवरण छ । यद्यपी वास्तविक विवरण अझै रुजु हुन नसकेको र अहिले बिहान अन्तिम विवरण सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत प्रह्लाद कुमार योगीले जानकारी दिनुभयो । जिल्लामा एक लाख ६२ हजार ४४९ स्थायी मतदाता थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले अहिले बिहान ७ः३० बजे सर्वपक्षीय बैठकको तयारी भएको जनाएको छ । बैठकबाट आवश्यक निर्याय गरेर र केही आचारसंहिता बनाएर लगत्तै मतगणना कार्य सुरु गरिने मुख्य निर्वाचन अधिकृत योगीको भनाइ छ ।

जिल्ला समन्वय समितिको ठुलो हलमा मतगणनाको तयारी छ । सिसि कयामेरा तथा तारजालीको घेरबारसहित मतगणनास्थललाई सुरक्षित बनाइएको छ । मतगणनाका लागि जनशक्ति पनि तयारी अवस्थामा रहेको जनाइएको छ ।

जिल्लामा प्रतिनिधिसभा सदस्य पदका लागि १४ जना उम्मेदवार चुनावी मैदानमा छन् । राजनीतिक दलका १२ जना र दुई जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् ।