शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सिराज खान
नेपालगन्ज, फागुन २१ गते । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बाँके जिल्लामा मतदान सकिएलगत्तै क्षेत्र नम्बर २ का सबै मतपेटिका मतगणनास्थलमा ल्याईएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका अनुसार क्षेत्र नम्बर २ का नेपालगन्ज र डुडुवामा रहेका सबै मतदान केन्द्रका मतपेटिकाहरु मतगणनास्थल नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा पुरयाईएको छ । बाँकेका सहायक निर्वाचन अधिकृत लाल बहादुर कार्कीले अहिले भेरी प्राविधिकमा मतपेटिका बुझ्ने कार्य भईरहेको बताउनुभयो ।
उहाँले बिहीबार राति नै मतगणना शुरु गरिने तयारी भएको जनाउँदै केही बेरमा सर्वदलीय बैठक राखेर छलफल गरिने पनि बताउनुभयो । यसअघि बाँकेमा शान्तिपूर्ण मतदान सम्पन्न भएको थियोे । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६३ प्रतिशत मत खसेको थियो ।