• २१ फागुन २०८२, बिहिबार

जिल्ला कारागार भरतपुर मतदान केन्द्रमा सत् प्रतिशत मत खस्यो

blog

कारागारमा मतदान गर्दै एक कैदीबन्दी ।

वसन्त पराजुली

चितवन नारायणगढ फागुन २१  गते । जिल्ला कारागार भरतपुर मतदान केन्द्रमा सत् प्रतिशत मत खसेको छ । ११४ जना कैदीबन्दी र २ जना  कर्मचारी गरेर ११६ जनाले मतदान गरेको कारागार प्रमुख रविन्द्र ढुङ्गनाले जानकारी दिनुभयो । 

यहाँ समानुपातिकमा मात्रै मत खसेको हो । सत् प्रतिशत मत खसेसगै यहाँको मतदान सकिएको छ । 

भरतपुर कारागारमा ६६९ जना कैदीबन्दी छन्। सबै कैदीबन्दीको मतदाता नामावलीमा नाम नभएपछि ११४ जना कैदी बन्दीले मात्रै मतदान गरेका हुन् ।