• २१ फागुन २०८२, बिहिबार

मतदानमा सहभागी हुन पूर्वसभामुख घिमिरेको अनुरोध

blog

बिर्तामोड, फागुन २१  गते ।   पूर्वसभामुख देवराज घिमिरेले आज झापा–२अन्तर्गत अर्जुनधारा–६ स्थित बालकल्याण आधारभूत विद्यालयबाट मतदान गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारीसमेत दिनुभएका पूर्वसभामुख घिमिरेले ९६ वर्षीया आमा भीमकुमारीको हातबाट टीका लगाई आशीर्वाद लिई मतदान गर्नुभएको हो  ।

मतदान गरेपछि उहाँले निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण आधार भएकाले सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन अनुरोध गर्नुभयो । रासस