• २१ फागुन २०८२, बिहिबार

चार पूर्व मन्त्रीद्वारा आफ्नै निर्वाचन क्षेत्रबाट मतदान

blog

नेकपा उम्मेदवार पूर्व मन्त्री गिरीराजमणी पोखरेल र कांग्रेस उम्मेदवार पूर्व मन्त्री महेन्द्रकुमार राय मतदान गर्नुहुँदै । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दिबास, फागुन २१ गते ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहनुभएका सङ्घीय सरकारका चार पूर्व मन्त्रीहरूले बिहीबार आफ्नै निर्वाचन क्षेत्रबाट मतदान गर्नुभएको छ।

निर्वाचन क्षेत्र–१ का नेकपा उम्मेदवार पूर्व मन्त्री गिरीराजमणी पोखरेलले बर्दिबास नगरपालिका–३ स्थित राजावास मतदान केन्द्रबाट मतदान गर्नुभएको हो।

त्यसैगरी, निर्वाचन क्षेत्र–४ का कांग्रेस उम्मेदवार पूर्व मन्त्री महेन्द्रकुमार रायले कविलासा मतदान केन्द्रबाट मतदान गर्नुभएको छ।

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँहरूले जनताले विवेकपूर्ण ढङ्गले मतदान गरी सही र सक्षम उम्मेदवार निर्वाचित गर्न महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो।