शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
वीरगन्ज, फागुन २० गते । नेपाली सेनासहितको संयुक्त गस्ती टोलीले वीरगन्ज महानगरपालिका–१६, इनर्वा क्षेत्रबाट विस्फोटक पदार्थसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका व्यक्तिको साथबाट नौ थान सुतली बम, पाँच मिटर सेतो रङ्गको तार, एक थान सुँगुरको टाउको लगायतका बन्दोबस्तीका सामग्री बरामद गरेको छ।
संयुक्त गस्ती टोलीले नियन्त्रणमा लिएका उनीहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ।