• १८ फागुन २०८२, सोमबार

इरानमा फसेका विद्यार्थीलाई बाहिरिन अनुमति

blog

तेहरान, फागुन १९ गते । पश्चिम एसिया क्षेत्रमा तनाव बढ्दै जाँदा इरानमा फसेका भारतीयसहितका विद्यार्थीलाई राहत दिँदै तेहरानले देशको शैक्षिक संस्थानमा अध्ययनरत विदेशी नागरिकलाई आफ्नो भूमि बाहिर निस्कन अनुमति दिने घोषणा गरेको तसनीम न्यूजले जनाएको छ ।

यस बाहेक, विद्यार्थीलाई उनीहरूको अन्तिम परीक्षामा उपस्थित हुन र उनीहरूको सोध पत्रको लागि पछि अनुमति दिने र जसको मितिपछि घोषणा गरिने देशको शिक्षा मन्त्रालयललाई उदृत गर्दै तस्नीम न्यूजले उद्धृत गरेको छ । हाल इरानमा विश्वविद्यालय र सार्वजनिक संस्था अस्थायी रूपमा बन्द भएका छन् भने अन्तर्राष्ट्रिय उडान पनि ठप्प छ ।

भारतीय अधिकारीले आफ्ना विद्यार्थीलाई इरान छोड्न आग्रह गर्दै बारम्बार सुचना जारी गरेका छन्, तर हवाई क्षेत्र बन्द भएकाले निकासी प्रयास जटिल भएको जनाएको छ । तेहरान, उर्मिया र अन्य क्षेत्रका विद्यार्थीले अस्पताल र शैक्षिक संस्थालगायत आवश्यक सेवामा सीमित पहुँचको सामना गरिरहेका छन् भने आगामी १५ दिनका लागि सञ्चालन स्थगित गरेको छ ।

तसनीम न्यूजले इरानबाट विदेशी विद्यार्थीलाई बाहिरिन अनुमती दिएको जनाउदै मन्त्रालयले सबै विश्वविद्यालय देशबाट बाहिर निस्कन चाहाने विदेशी विद्यार्थीलाई आवश्यक सहयोग प्रदान गर्ने  र अन्तिम अवधिको परीक्षा सञ्चालनका लागि वैकल्पिक समय घोषणा गर्ने जनाएको छ । 

आर्मेनिया र अजर-बैजान जस्ता छिमेकी देशमा निकासी मार्गमा मार्ग दर्शन प्रदान गर्दै भारतीय दूतावास विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहेको जनाइएको छ । यद्यपि, अन्तर्राष्ट्रिय हवाई क्षेत्र प्रतिबन्ध र निरन्तरको मिसाइल आक्रमणका कारण अधिकारीले तत्काल निकासी एक जटिल चुनौती बनेको स्वीकार गरेका छन् । विद्यार्थी र परिवारले सुरक्षा, सञ्चार ढिलाइ र सहायतामा चिन्ता व्यक्त गरेका छन् । सङकटको बिचमा उनीहरूको सुरक्षित फिर्ती सुरक्षित गर्न समन्वित अन्तर्राष्ट्रिय प्रयासको आवश्यकतालाई जोड दिइएको छ । रासस/एएनआई