कोकिला ढकाल
इलाम, फागुन १८ गते । फागुन २१ को निर्वाचन आउन अब तीन दिन बाँकी रहँदा इलामका सबैजसो मतदान स्थलहरूमा खटिएका कर्मचारीले मतदान स्थल व्यवस्थापन सुुरु गरेका छन् ।
अहिलेसम्ममा जिल्लाका सबै मतदान केन्द्र र स्थलहरूमा कर्मचारी र निर्वाचन सामग्री पुगिसकेको र निर्वाचनको लागि आवश्यक तयारी थालिएको जिल्ला निर्वाचन अधिकारी देवीचरण फुुयँलले जानकारी दिनुुभयो ।
अहिले मतदान अधिकृतहरूले मतदान केन्द्रमा सर्वदलीय बैठक राखेर सर्वदलीय सहमतिपछि मतदान स्थलहरू तयार गर्न थालेका छन् । मतदानस्थल, मतदाता आउने बाटोे, मत खसाल्ने, मत पेटिका राख्ने स्थान, मतदाता फर्कने बाटो आदिको म्यापिङ गरेर आवश्यकीय व्यवस्थापनमा लागेको इलाम नगरपालिका–५ स्थित वडा कार्यालयमा रहेको मतदान केन्द्रमा रहनुुभएकी मतदान अधिकृत बन्दना ढकालले बताउनुुभयो ।
इलाममा १५० स्थायी मतदान केन्द्र, दुुई वटा अस्थायी मतदान केन्द्रमा दुुई सय ९० मतदान स्थल रहेका छन् । यी केन्द्र र मतदान स्थलहरूमा एक हजार सात सय ४० कर्मचारी खटिएका छन् ।