नवराज नेपाली
बागलुङ (गलकोट) फागुन १८ गते । नेकपा एमालेका उम्मेदवार हीराबहादुर केसी ३७ वटै वडामा चुनावी अभियान सकेर बागलुङ बजार केन्द्रित हुनुभएको छ । केसीले गाउँ–गाउँमा मतदातासमक्ष पुग्दै ऊर्जा थपिएर सदरमुकाम केन्द्रित घरदैलो तथा भेटघाटलाई तीव्रता दिनुभएको हो । गाउँ–गाउँको चुनावी अभियान, आमसभा र घरदैलो कार्यक्रम सकेर केसी सदरमुकाम आउनुभएको हो ।
उहाँले आइतबार बागलुङ नगरपालिका–३, देउरालीचोबाट सुरु गरेको घरदैलो अभियान, जिल्ला प्रशासन कार्यलय, बुद्ध बिहार, पेन्सनक्याम्प, चिप्लेटी बसपार्क, रुद्रेपिपल, समिटि चोक, हल्लनचोक हुँदै बजारका भिन्त्री चोक तथा गल्लीमा पुगेर मतदातालाई भेटेर सुर्य चिह्न मा मत माग्नुभएको थियो । केसीले देश निर्माणमा एमालेलाई मतदान गर्न आग्रह गर्दै ३० वर्ष देखिको राजनैतिक इमानदारितालाई अनुमोतको खाँचो रहेको बताउनभुएको छ ।
“भेटेका मतदाताबाट सकरात्मक ऊर्जा मिलेर बजार फर्केको छु, कतिपय मतदातालाई समय अभावले भेट्न नपाएको हुन सक्छु, निर्वाचनपछि पुन जनताको दैलोमा आएर भेट्ने बाँचा गर्दै बजारमा घरदैलो तथा भेटघाट गरिरहेको छु” केसीले भन्नुभयो “हीरा केसी देश र जनताको पक्षमा ३० वर्षदेखि उभिएको छ, निर्वाचन पछि पुन जनताको घरमै पुग्छु, जनताको सुखः दुखमा साथ दिन्छु ।”
सदरमुकामका जनतासँग साक्षत्कार गरिरहनुभएका केसीले बागलुङ बजारका जनताले समेत यस पटक आफ्नो उम्मेदवारीलाई आशाका साथ हेरेको बताउनुभयो ।
नेकपा एमालेका उम्मेदवार केसी ३७ वटै वडामा चुनावी अभियान सकेर बागलुङ बजार केन्द्रित हुनुभएको छ । केसीले गाउँ–गाउँमा मतदातासमक्ष पुग्दै ऊर्जा थपिएर सदरमुकाम केन्द्रित घरदैलो तथा भेटघाटलाई तीव्रता दिनुभएको हो । गाउँ–गाउँको चुनावी अभियान, आमसभा र घरदैलो कार्यक्रम सकेर केसी सदरमुकाम आउनुभएको हो ।
उहाँले आइतबार बागलुङ नगरपालिका–३ऽ देउरालीचोबाट सुरु गरेको घरदैलो अभियान, जिल्ला प्रशासन कार्यलय, बुद्ध विहार, पेन्सनक्याम्प, चिप्लेटी बसपार्क, रुद्रेपिपल, समिटिचोक, हल्लनचोक हुँदै बजारका भिन्नि चोक तथा गल्लीमा पुगेर मतदातालाई भेटेर सुर्य चिह्नमा मत माग्नुभएको थियो । केसीले देश निर्माणमा एमालेलाई मतदान गर्न आग्रह गर्दै ३० वर्ष देखिको राजनैतिक इमानदारितालाई अनुमोतको खाँचो रहेको बताउनभुएको छ ।
“भेटेका मतदाताबाट सकरात्मक ऊर्जा मिलेर बजार फर्केको छु, कतिपय मतदातालाई समय अभावले भेट्न नपाएको हुन सक्छु, निर्वाचनपछि पुन जनताको दैलोमा आएर भेट्ने बाँचा गर्दै बजारमा घरदैलो तथा भेटघाट गरिरहेको छु” केसीले भन्नुभयो “हिरा केसी देश र जनताको पक्षमा ३० वर्षदेखि उभिएको छ, निर्वाचन पछि पुन जनताको घरमै पुग्छु, जनताको सुख दुःखमा साथ दिन्छु ।”
सदरमुकामका जनतासँग साक्षत्कार गरिरहनुभएका केसीले बागलुङ बजारका जनताले समेत यस पटक आफ्नो उम्मेदवारीलाई आशाका साथ हेरेको बताउनुभयो ।