• १७ फागुन २०८२, आइतबार

रातो मछिन्द्रनाथको जलेको पाङ्ग्रा बनाउन सुरु

blog

ललितपुरको प्रसिद्ध रातो मछिन्द्रनाथको रथको जलेको पाङ्ग्रा पुनर्निर्माण कार्य सुरु । तस्बिर : कविन अधिकारी

काठमाडौँ, फागुन १७ गते । ललितपुरको प्रसिद्ध रातो मछिन्द्रनाथको रथको जलेको पाङ्ग्रा पुनर्निर्माण कार्य सुरु भएको छ । गत भदौमा जेनजी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त बनेको रातो मछिन्द्रनाथको रथका पाङ्गा अहिले परम्परागत शैलीमा नयाँ बनाउने काम भइरहेको हो ।

धार्मिक र सांस्कृतिक मान्यता अनुसार रातो मछिन्द्रनाथको पाङ्ग्रा सामान्यतया १२ वर्षमा एक पटक मात्र बनाउने गरिन्छ । तर कुनै आकस्मिक दुर्घटना वा क्षति भएमा मात्र बिचैमा नयाँ पाङ्ग्रा निर्माण गर्ने परम्परा छ ।

गत सरस्वती पूजाको शुभ साइत पारेर सुरु गरिएको यो निर्माण कार्यमा अनुभवी र दक्ष कालिगढहरू खटिएका छन् । प्राचीन विधि र शैलीलाई जस्ताको तस्तै कायम राख्दै निर्माण भइरहेका यी पाङ्ग्रा करिब डेढ महिनाभित्र तयार भइसक्ने लक्ष्य राखिएको छ ।