• १५ फागुन २०८२, शुक्रबार

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

blog

काठमाडौँ, फागुन १५ गते । शुक्रबार स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोलमा सामान्य बढोत्तरी भएको छ । बिहीबारको तुलनामा सुनको मूल्य रु ५०० ले घटेको छ भने चाँदीको मोल रु १५ ले बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ९०० र एक तोलाको चाँदीको मोल पाँच हजार ७४० कायम भएको छ । बिहीबार प्रतितोला सुन तीन लाख १५ हजार ४०० र एक तोला चाँदीको मोल पाँच हजार ७२५ निर्धारण भएको थियो ।

गत बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ९०० र एक तोला चाँदीको मोल पाँच हजार ५८५ निर्धारण भएको छ । गत सोमबार एक तोला छापावाल सुन तीन लाख १३ हजार ५०० र एक तोला चाँदी पाँच हजार ५९५ मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १८७ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस