शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, फागुन १५ गते । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाका सम्पूर्ण सीमा नाकाहरू ७२ घण्टाका लागि बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यो निर्णय गरिएको जनाएको छ। फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहीबार राति १२ बजेसम्म सीमा नाकाहरू बन्द हुने छ ।
भारतसँग जोडिएका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाका सम्पूर्ण सीमा नाकाहरू बन्द हुने छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीका अनुसार निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सो अवधिभर सीमाबाट हुने आवतजावत पूर्ण रूपमा बन्द रहनेछ।
