• १५ फागुन २०८२, शुक्रबार

मगर दिवसमा सार्वजनिक बिदा

blog

चन्द्रपुर नगरपालिका कार्यालय रौतहट । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीणकुमार शर्मा 
रौतहट, फागुन १५ गते ।
४४ औँ मगर दिवसको अवसरमा फागुन १५ गते रौतहटको चन्द्रपुर नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चन्द्रपुर नगरपालिकाको नगर प्रमुख स्तरिय निर्णय अनुसार नेपाल मगर संघको स्थापना  दिवसको अबसरमा शुक्रबार बिदा दिइएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले जानकारी दिनुभयो ।

मगर दिवसलाई हर्षोल्लासका साथ मनाउन बिदा दिइएको उहाँले बताउनुभयो  ।

यस अवसरमा नगरपालिका कार्यालय, मातहतका वडा कार्यालय, शैक्षिक संस्था, र स्वास्थ्य संस्थाहरू बन्द रहने छन् ।