• १३ फागुन २०८२, बुधबार

एन्फा राष्ट्रिय लिग : लालीगुराँस शीर्षस्थानमा

blog

बल खोस्ने प्रयास गर्दै लालीगुराँस एसोसिएसन र काँक्रेबिहारका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, फागुन १३ गते । लालीगुराँस एसोसिएसन एन्फा राष्ट्रिय लिगको शीर्ष स्थानमा उक्लिएको छ । 

दशरथ रङ्गशालामा बुधबार भएको खेलमा लालीगुराँसले काँक्रेबिहार क्लबलाई ४–१ गोलले हरायो । यससँगै सात खेलमा पाँचौँ जित निकालेको लालीगुँरास १७ अङ्क जोड्दै शीर्षस्थानमा रहेको छ । 

छैटौँ हार खेपेको काँक्रेबिहारको एक अङ्क छ । १३ टोली सहभागी लिगको विजेताले ५० लाख रुपियाँ पुरस्कार पाउने छ ।