शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ११ गते । नेपाल प्रेस इन्स्टिच्युटको अध्यक्षमा वरिष्ठ पत्रकार कपिल काफ्ले चयन हुनुभएको छ । आइतबार सम्पन्न इन्स्टिच्युटको २० औँ साधारण सभाले उहाँलाई अध्यक्षमा चयन गरेको हो ।
उपाध्यक्षमा नीता सापकोटा, महासचिवमा श्रीमन शर्मा (विज्ञान) र कोषाध्यक्षमा अमिका राजथला चयन हुनुभएको छ । सदस्यमा पुष्कर माथेमा, अरुण पौडेल, वसन्त रुपाखेती, गङ्गादेवी गुरुङ, तपनाथ शुक्ल, मन्टेश्वरी राजभण्डारी र मोहन नेपाली हुनुहुन्छ । त्यस्तै निवर्तमान अध्यक्ष तीर्थ कोइराला र निवर्तमान महासचिव लक्ष्मण उप्रेती मनोनीत सदस्य रहेको अध्यक्ष काफ्ले जानकारी दिनुभयो ।