• ७ फागुन २०८२, बिहिबार

प्रजातन्त्र दिवसमा प्रभातफेरी

blog

राजविराजमा निकालिएको प्रभातफेरी । तस्बिर : विनय कर्ण

विनय कर्ण

कल्याणपुर (सप्तरी) फागुन ७ गते । राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा सप्तरी सदरमुकाम राजविराजमा बिहीबार बिहान प्रभातफेरी निकालिएको छ । यहाँ फागुन ६ गते देखि ८ गते सम्म तीनदिन विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने उक्त दिवसको दोश्रो दिन प्रभातफेरी निकालिएको हो ।

राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ लाई भव्यताका साथ मनाउन गठित मुल समारोह समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनाराण साहको अगुवाईमा जिल्ला समन्वय समितिको प्राङ्गणबाट निकालिएको प्रभातफेरिमा राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीन, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, नेपाली सेना बरखगणका गणपति सोवित बहादुर चन्द, जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम कुमार केसी, सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकीका साथै विभिन्न विद्यालयका शिक्षक र विद्यार्थी, कार्यालय प्रमुख तथा सुरक्षाकर्मीहरूले सहभागिता जनाउनुभयो ।

प्रभातफेरी राजविराज नगरपालिकाको मुख्य बजार क्षेत्र परिकक्रमा गर्दै जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेर समापन भएको थियो । तीन दिनसम्म विभिन्न कार्यक्रमहरू गरेर प्रजातन्त्र दिवस मनाउने तयारी भएको मुल समारोह समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख साहले जानकारी दिनुभयो ।