• ७ फागुन २०८२, बिहिबार

भूकम्प पीडितलाई घरवासको चिन्ता

blog

खप्तड छेडेदह गाउँपालिका-६, नाइमा भत्किएको रामबहादुर चदाराको घर । तस्बिर सौजन्य : खगेन्द्र नाथ योगी ।

शेरबहादुर सार्की 

बाजुरा, फागुन ७ गते । आगामी आफुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उम्मेदवारलाई मतको जस्तै यहाँका भूकम्प पीडितलाई घरवासको चिन्ता सुरु भएको छ । 

विगतका केही वर्ष देखि जिल्लामा बारम्बार आउने गरेको भुकम्ले चर्किएका घर यतिबेला धमाधम भत्किन थालेपछि उनीहरूलाई कहाँ बस्ने भन्ने चिन्ता सुरु भएको हो । खप्तडछेडेदह गाउँपालिका-६, नाइनाका स्थानीय रामबहादुर चदाराले, “विगत दुइ वर्षदेखि भूकम्पले हल्लाएको घर आफैँ भत्किन थालेपछि कहाँ बास बस्ने भन्ने चिन्ता लाग्न थालेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही वर्ष पहिला भूकम्पले चर्किएको घर पुनः निर्माणका लागि सबैलाई गुहार मागेको थिए । तर कतैबाट सम्भव भएन । आफूसम्म पैसा नहुँदा म हिउँदको महिना त्यसै घरमा बास बस्दै आएको थिए ।”

२०८२ फागुन ५ गते राति त्यसै घरमा सुति रहेको बेला एक्कासि घर भत्कियो । ज्यान जोगाउन  सफल भएपनि त्यस घरमा राखेको खाद्यान्न लुगा कपडा सबै पुरिए । अहिले आफूलाई के लगाउने कहाँ बस्ने के खखाने भन्ने निकै चिन्ता परेको चदाराले बताउनुभयो ।

खप्तड छेडेदह गाउँपालिका स्थानीय खगेन्द्र नाग योगीले२०७९ साल देखि यहाँका दर्जनौ भन्दाबढी घर बाढीपहिरो तथा भुकम्पको जोखिममा छन् । अन्य सयौ घरभन्दाबढी घरहरू स्थानान्तरणको पर्खाइमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्प पीडितका घर पुर्न निर्माण तथा बस्ती स्थानान्तरणका लागि पालिकामा प्रत्येक वर्षमा पैसा आउँछ । तर त्यो पैसा काम नगरेर त्यसै फिर्ता हुन्छ ।”

नागरिकको समस्याका लागि पैसा आउने भएपनि नेताका कारण त्यो पैसा काम नलागेर सधै यसरी फिर्ता जाने गरेकोले अहिले यहाँका मतदाता तथा स्थानीयहरूलाई घरवासको चिन्ता हुने गरेको योगीले बताउनुभयो । 

खप्तड छेडेदह गाउँपालिकाका धेरै बस्ती स्थानान्तरणको पर्खाइमा रहेका छन् । यहाँका कतिपय घरहरू पुर्णरूपमा भत्किएकोले उनीहरूलाई त्रिपालको व्यवस्था बाहेक अरु अहिले उनीहरूलाई केही गर्न नसकिएको पालिकाले जनाएको छ ।  

खत्तड छेडेदह गाउँपालिकाको पुर्ननिर्माण कार्यक्रमका लागि पहिलो किस्ता रकम गई सकेको र अन्य किस्ता पनि प्रोसेसमा भइरहेको छ । पुर्ननिर्माणबााट प्राविधिकको टोली आएर अनुगमन गर्ने बित्तिकै उनीहरूको त्यो रकम पालिकाकै खातामा जाने जिल्ला विपदव्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो ।