• ५ फागुन २०८२, मङ्गलबार

राष्ट्रपति रनिङ शिल्डको उपाधि गल्याङलाई

blog

गल्याङ नगरपालिकालाई १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, फागुन ५ गते ।
१४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङ नगरपालिकाले जितेको छ । पुतलिबजार नगरपालिका वडा नं –१ मा शुक्रबारबाट भएको प्रतियोगिताामा १० स्वर्ण, पाँच रजत र सात कास्य पदकसहित लगातार दोस्रो पटक उपाधि आफ्नो पोल्टामा पारेको हो ।  

जिल्ला खेलकुद विकास समितिको आयोजनामा गरेको प्रतियोगितामा समान १० स्वर्ण, चार रजत र पाँच कास्य पदक जितेको पुतलीबजार नगरपालिका उपविजेतमा चित्त बुझाएको हो ।

प्रतियोगितामा सात स्वर्ण, १६ रजत र १० कास्य पदक प्राप्त गर्दै वालिङ नगरपालिका तृतीय स्थान हात पारेको हो । यस्तै पाँच स्वर्ण, सात रजत र छ कास्य पदक प्राप्त गर्दै चौथो स्थान हात पारको हो ।

१० पालिकाका खेलाडीको सहभागिता रहेको प्रतियोगितामा ७८१ खेलाडी सहभागि रहेको समितिका अध्यक्ष प्रकास रेग्मीले जानकारी दिनुभयो । यो प्रतियोगितामा व्यक्तिगत प्रथम र समुहगत उत्कृष्ठ खेलाडी बाग्लुङमा हुने प्रदेश स्तरको प्रतियोगितामा छनोट भएका छन् ।