• ५ फागुन २०८२, मङ्गलबार

कागजको डल्लोभित्र पराल हालेर होसियार लेखेपछि...

blog

कनकाई माईको पुलमा अज्ञात समूहले कागजको डल्लोभित्र होसियार लेख्दा अवरुद्ध गएको यातायात । तस्बिर : लीलाराज खड्का

लीलाराज खड्का 
बिर्तामोड, फागुन ५ गते ।
झापाको पूर्वपश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका १० कनकाई माईको पुलमा अज्ञात समूहले समाजलाई आतङ्कित पार्ने गरी कागजको डल्लोभित्र होसियार लेख्दा तीन घण्टा यातायात अवरुद्ध भएको छ ।

मङ्गलबार बिहान करिव ३ बजेको समयमा कनकाई माई पुलको बिच भागमा नेपाल बन्द होसियार लेखेको बम आकृतिमा राखिएको पाइएको थियो । बाटोमा राखिएको उक्त वस्तुलाई निर्वाचनको सुरक्षाका लागि हिँडेको गस्ती टोलीले देखेपछि  बिहान ३ बजेदेखि ६ः३० बजेसम्म उक्त सडक अवरुद्ध गर्नुपरेको प्रहरीले जनाएको छ ।


उक्त शङ्कास्पद बस्ते अरिमदल गण चारआलीको सेनाको बम डिस्पोज टोली बोलाएर हेर्दा कागजभित्र पराल मात्रै हालेर बम जस्तै आकृति बनाएको पाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त बस्तु निर्वाचनलाई लक्षित गरी आतङ्कित पार्ने उद्देश्यले राखिएको पाइएको र यस्तो शङ्कास्पद गतिविधि गर्नेलाई खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसअघि समेत यसै कनकाई माईको पुलमा अज्ञात व्याक्तिले प्रेसर कुकरभित्र बारुद र काटी राखेर पर्चासहितको बस्तु फेला पारिएको थियो । उक्त बस्तु राख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी हाल कारागारमा राखिसकेको छ ।