• ५ फागुन २०८२, मङ्गलबार

एनएमबि बैंकद्वारा प्रतिष्ठानलाई पाँच थान एसी सहयोग

blog

एसी हस्तान्तरण गर्नुहुदै एनएमबि बैंकका म्यानेजर भट्टराई । तस्बिर : सन्तोष दहित

सन्तोष दहित
दाङ, फागुन ५ गते  ।
एनएमबि बैंक घोराही शाखाले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई पाँच थान एसी सहयोग गरेको छ । बैंक शाखा घोराहीका म्यानेजर कृष्णप्रसाद भट्टराई र ऋण अधिकृत प्रविण डाँगीले संयुक्तरुपमा प्रतिष्ठानका  निमित्त अस्पताल निर्देशक प्रा डा. जनार्दन पन्थीलाई एसी सहयोग हस्तान्तरण गर्नु भएको हो ।

प्रतिष्ठानको आइसियु, एनआईसियु कक्षमा उपचारार्थ बिरामिलाई बातानुकूलीत तापक्रममा राख्न तथा बातानुकूलित अवस्थामा राख्नुपर्ने मेसिनरी औजार, उपकरणमा समेत यसमा प्रयोग हुने प्रा.डा.पन्थीले बताउनुभयो । प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम  लम्सालले प्रतिष्ठानका महत्वपुर्ण उपकरणलाई सुरक्षित राख्न एसीले महत्वपुर्ण सहयोग पुग्ने बताउदै एसी सहयोग गर्ने बैंक म्यानेजरसहित बैंक परिवारलाई धन्यवाद दिनुभयो ।

आगामी दिनमा सहयोग गर्न बैंकलाई उहाँले आग्रह गर्नुभयो । त्यस्तै बैंकका शाखा म्यानेजर भट्टराईले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतिष्ठानलाई एसी सहयोग गरिएको बताउनुभयो ।