गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ५ गते । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जनकपुरमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बिमा शुल्क सङ्कलन गरी मधेश प्रदेशबाट योग्य अभिकर्तालाई सम्मान गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्तालाई सिइओे क्लबको सदस्यता वितरण तथा सम्मान गर्नुका साथै नेसनल रत्न र नेसनल स्टार विजेता अभिकर्तालाई चाँदीको पदक, प्रमाणपत्र र खादाले सम्मान गर्नुभएको थियो । त्यस अवसरमा मधेश प्रदेशबाट आफ्नो कोड र सञ्जालमा पहिलो, दोस्रो र तेस्रो हुने अभिकर्तालाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो । प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीलाई अग्रस्थानमा पु¥याउन महìवपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै सबै तहका अभिकर्ताका लागि अभिकर्तामैत्री योजना ल्याउने जानकारी दिनुभयो । अभिकर्तालाई अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले व्यावसायिक दक्षता अभिवृद्धिसम्बन्धी तालिम प्रदान गर्नुभएको थियो ।
उत्कृष्ट हुने अभिकर्तामध्ये जनकपुर शाखाका लक्ष्मण पण्डित र लहान शाखाका श्यामचन्द्र राईले व्यावसायिक अनुभव साझेदारी गर्नुभएको थियो ।