• ५ फागुन २०८२, मङ्गलबार

नेपाल बैङ्क र एभरेस्ट हस्पिटलबिच छुट सम्झौता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ५ गते । नेपाल बैङ्क लिमिटेडमा खाता रहेका ग्राहक, बैङ्कमा कार्यरत कर्मचारी र कर्मचारीका परिवारलाई काठमाडौँ नयाँ वानेश्वरमा रहेको एभरेस्ट हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।  

सो सम्झौताबमोजिम अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कमा बिल रकमको ५ देखि २० प्रतिशत छुट हुने जनाइएको छ । सम्झौतापत्रमा बैङ्कका तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्रराज काफ्ले र एभरेस्ट हस्पिटल प्रालिका तर्फबाट सञ्चलाक समितिका सदस्य शैलेन्द्र महासेठले हस्ताक्षर गर्नुभयो ।